दफा १६
स्वदेशी वस्तु बिक्री वा वितरण गर्नु पर्ने
: (१) इजाजतपत्रवालाले वस्तुको प्रत्यक्ष बिक्री वा वितरण गर्दा कम्तीमा पचास प्रतिशत स्वदेशी वस्तुको बिक्री वा वितरण गर्नु पर्नेछ ।
तर नेपालमा उत्पादन नहुने वस्तुको हकमा यो व्यवस्था लागू हुने छैन ।
(२) उपदफा (१) बमोजिम बिक्री वा वितरण गरेको विवरण आर्थिक वर्ष समाप्त भएको साठी दिनभित्र विभागमा पेश गर्नु पर्नेछ ।